२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बुटवल उद्योग बाणिज्य संघमा उज्जवल कसजु बिजयी

शुक्रवार , फाल्गुण १४, २०७७

बुटवल, १४ फागुन। बुटवल उद्योग बाणिज्य संघको बिहिबार सम्पन्न निर्वाचनबाट आगामी कार्यकालका लागि अध्यक्ष पदमा उज्जवल प्रसाद कसजु बिजयी भएका छन्। संघको २४ औं अधिबेशन तथा ६७ औं साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष कसजुले ६ सय ३२ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी हरिप्रसाद अर्यालले ४ सय ८३ मत प्राप्त गरेका छन्। 

यस्तै संघको कोषाध्यक्ष पदमा नविन श्रेष्ठले ६ सय ९२ मत प्राप्त गरि बिजयी भएका छन भने उनका प्रतिद्वन्दी भेषराज गैरेले ४ सय ३२ मत प्राप्त गरेका छन्। यसैगरि सचिव पदमा मुक्तिप्रसाद अधिकारीले ५ सय २१ मत लिएर बिजयी भएका छन् भने उनका प्रतिद्वन्दीहरु बाबुराम बिकले ४ सय ९० र सुर्य प्रसाद पराजुलीले १ सय १७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।  

कार्यसमितिका केही महत्वपुर्ण पदहरुमा भने निर्विरोध चयन भएका छन्। संघको बरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ टंकप्रसाद गैरे, उपाध्यक्ष बाणिज्यतर्फ नरिश्वर शर्मा पौडेल, महासचिवमा बिमलराज भट्टराई यसअघि नै निर्विरोध चयन भएका छन्। साथै सदस्यहरु उद्योगतर्फ ४ जना र बाणिज्यतर्फ ४ जना पनि निर्विरोध भएका छन भने खुल्ला सदस्यतर्फ भने ७ पदका लागि १४ जनाले आफ्नो उम्मेदबारी दर्ता गरेका थिए।

यता ७ सदस्य खुल्लातर्फ दिनेश श्रेष्ठले ९ सय ३२ मत, दिपक चापागाईले ९ सय ६९ मत, कृष्ण श्रेष्ठले ९ सय ५२ मत, मो. जमिल खान ८ सय ५७ मत, सुमोदमान सैंजु ९ सय ३१ मत, टिकाराम बन्जाडे ९ सय ५० मत र त्रिबिक्रम श्रेष्ठ ८ सय ८६ मत प्राप्त गरि बिजयी भएका छन्।  महिला सदस्यतर्फ जमुना पौडेल, ६ सय ३४ र मिना प्रधान ६ सय ११ मत प्राप्त गरि बिजयी भएका छन्। 

उता १ एसोसियट सदस्यमा आनन्दप्रसाद ओझा एकल उम्मेदबारीसँगै निर्विरोध निर्वाचित भएका छन्। ४ जना उद्योग सदस्यतर्फ नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार पनि निर्विरोध निर्वाचित भएका छन। यस्तै ४ जना बाणिज्य सदस्यमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाश कुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।