
बुधवार , फाल्गुण १२, २०७७
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ। आज अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आगामी संसद बैठकमा खेल्नु पर्ने भूमिका र रणनितीबारे संसदीय दलले छलफल गर्ने भएको छ।
प्रतिनिधि सभा विघटनपछि प्रचण माधव पक्षले केपी ओलीलाई दलको नेताबाट हटाउको घोषणा गर्दै प्रचणलाई नेता चयन गरेको थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij