
मंगलवार , फाल्गुण ११, २०७७
भैरहवा, ११ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्ने बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि मुख्यमन्त्री पोखरेलले यस्तो बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘हिम्मत र धैर्यताका साथ अघि बढौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij