images

बुधवार, बैशाख १९ गते २०८१

निर्वाचन भयो भने भाग लिन्छौ : डा. सिके राउत

निर्वाचन भयो भने भाग लिन्छौ : डा. सिके राउत

images
images
images
आइतवार, फाल्गुण ९ २०७७
आइतवार, फाल्गुण ९ २०७७
  • निर्वाचन भयो भने भाग लिन्छौ : डा. सिके राउत

    भैरहवा, ९ फागुन । 
    जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले के फैसला गर्छ भन्ने प्रतीक्षामा आफुहरु रहेको बताएका छन् । उनले निर्वाचन भयो भने पार्टीले निर्वाचनमा भाग लिने बताए ।

    images
    images
    images

    लुम्बिनी प्रेस क्लब रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले वास्तविक रुपमा निर्वाचनको लागि तयार नभए पनि निर्वाचन हुने अवस्थामा भने पार्टीले भाग लिने बताए । उनले यसपटकको संसद् विघटनलाई असामान्य र सोच्नैपर्ने बाध्यात्मक परिस्थितिका रुपमा लिएको बताए । अब देशलाई जोगाउने जिम्मा जनताको कांधमा आएको डा. राउतको भनाइ छ । आगामी निर्वाचनपछि जनताको लागि काम गर्न नसक्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने खालको व्यवस्था हुनुपर्ने उनले बताए ।

    ‘प्रतिनिधिसभा विघटन भएपछि विदेशी हस्तक्षेप बढेको छ, देश संकटमा पर्ने अवस्था छ, त्यसले जनता सतर्क हुनुपर्छ, ’उनले भने । संसारकै सर्वोत्कृष्ट व्यवस्था आइसके पनि देश डेडलकमा फसेको उनले बताए । 

    ‘सरकारी पक्ष र प्रतिपक्ष दुवै सडकमा आएपछि जनता पनि सोच्न विवश भएका छन, समग्र राजनीतिबाट अब के अपेक्षा गर्ने, यक्ष प्रश्न खडा भएको छ, ’उनले भने । मुलुकमा दुईतिहाई बहुमतको सरकार आए पनि देशको विकास हुन नसकेको उनको भनाइ छ ।

    ‘विदेशमा ४० लाख युवा छन, कोरोना महामारीमा पनि उनीहरु घर फर्कन पाएनन्, देश फर्कने वातावरण भएन, नेपालमा फर्केका युवाहरुको लागि पनि रोजगारीको अवसर सिर्जना भएन, ’उनले भने ।

    देशको विकास गर्न पार्टी र पात्रलाई चयन गर्नुपर्ने उनले बताए । उनले लोकतन्त्र र दलीय व्यवस्थालाई जति सरापे पनि त्यसको विकल्प नरहेको दावी गरे । 

    जनमत पार्टी र नेकपाको ओली समुहबीच सहकार्य हुने चर्चा छ नी भन्ने  जिज्ञासामा डा. राउतले राजनीतिमा कोही पनि स्थायी मित्र र शत्रु नहुने बताए । ‘उपेन्द्रजीले ओलीसंग मिलेर सरकारमा सहभागि भई स्वास्थ्यमन्त्री हुने र अरुले सहकार्य गर्न नसक्ने कहीकतै लेखिएको छैन, राजनीतिमा आफ्नो एजेण्डा र माग पुरा गराउन कुनै पनि पार्टीसंग पनि सहकार्य हुन सक्छ, ’डा. राउतले भने ।
    उनले क्षेत्रीय रुपमा मुद्दा उठाउनु पनि राष्ट्रियकै मुद्दा उठाउनु भएको बताए । भारतको दिल्लीमा आम आदमी पार्टीले चुनाव जितेर त्यहाँको सरकार चलाउँछ, त्यसलाई क्षेत्रीयता त भन्न मिलेन नी, ‘उनले भने ।

    गास, बास, शिक्षा, स्वास्थ्य, रोजगार कसरी सुरक्षित गर्न सकिन्छ भन्ने रोडम्याप जनमत पार्टीसंग रहेको उनले बताए । वडास्तरदेखि नै प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । 

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा सचिव शंकर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij