images

सोमवार, बैशाख १७ गते २०८१

सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर सम्पन्न

सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर सम्पन्न

images
images
images
शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर सम्पन्न

    भैरहवा, १९ फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
    सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा बालबालिकासहित ८६ जनाले सेवा लिएको नगरस्तरीय अपांग समन्वय समितीको संयोजक समेत रहेकी नगर उपप्रमुख उमा अधिकारीले बताइन् ।

    images

    शिविरमा अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रबाट खटिएका चिकित्सकद्वारा परिक्षण गरिएको थियो ।
    ‘शारीरिक अपांगता भए पनि सर्वसाधरणले अनुभवी चिकित्सकद्वारा परीक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर सञ्चालनले सेवा लिएका नगरबासी लाभान्वित भएका छन् ।’

    उनले शिविरको क्रममा शारीरिक रुपमा अशक्त व्यक्तिहरुको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार २ जनालाई व्हीलचेयर, ३ जनालाई वैशाखी र १ जनालाई वाकर समेत उपलब्ध गराइएको बताइन् ।

    ‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परीक्षण गर्दा १३ जनाको अपरेशन गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरुको अपरेशन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौं ।’

    उनका अनुसार उक्त शिविरको परीक्षणमार्फत २ जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात नगरपालिका र केन्द्रको साझेदारीमा निःशुल्क उपलब्ध गराइने छ । त्यस्तै १६ जनालाई आवश्यक जुत्ताका लागि पैतलाको नाप समेत लिइएको छ ।

    सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई लक्षित गरिए पनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथिका र अन्य पालिकाका सर्वसाधारणहरुलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

    शिविरमा हात र खुट्टासँग सम्बन्धित शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु परीक्षणका लागि बढी आएको अपांग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij