२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

माइती नेपाल भैरहवाद्वारा १ वर्षमा १६७ जनाको उद्वार

शनिवार , फाल्गुण १९, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १९ फागुन ।
    माइती नेपाल आवधिक गृह भैरहवा, रुपन्देहीले १ वर्षको अवधिमा सीमा नाकाबाट १६७ जनाको उद्वार गरेको छ । संस्थाले बेचबिखनको जोखिममा परेका १६७ महिला तथा किशोरीको उद्वार गरेको हो । सन् २०२३ मा भारतका विभिन्न ठाउँबाट ४ तथा तेस्रो मुलुक (कुवेत) बाट १ जनाको उद्वार गरिएको संस्थाले जनाएको छ ।

    माइती नेपाल आवधिक गृह भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचबिखन सम्बन्धी एउटा मुद्दा दर्ता गरिएको जानकारी दिइन् । ‘सीमा नाकाबाट ७ हजार २ सय ५८ र जिल्ला प्रशासन कार्यालयस्थित माईती नेपाल इकाईबाट १ हजार २ सय ७८ जनालाई परामर्श दिएका छौं, ’क्षेत्रीले भनिन् । 

    त्यस्तै १ वर्षको अवधिमा ३ हजार ४ सय ९५ थान जनचेतनामूलक पर्चापम्पलेट वितरण गरिएको उनले बताइन् । 
    खोजतलास सम्बन्धि ३९ वटा निवेदन परेकोमा १९ जना फेला परेको क्षेत्रीले जानकारी दिइन् । त्यस्तै घरेलु हिंसा सम्बन्धि १६ वटा निवेदन परेको उनले बताइन्  । 

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सचेतना कार्यक्रमहरु गर्दै आएको क्षेत्रीले बताइन् । ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि निर्माण गरी पालिकास्तरीय समिति गठन गरिएको छ । सैनामैना र सिद्धार्थनगर नगरपालिकास्तरीय समितिको बैठक नियमित रुपमा बस्ने गरिएको छ, ’उनले भनिन् । 

    IMG_8349.JPG

    कार्यक्रम संयोजक क्षेत्रीका अनुसार खुल्ला सीमाका कारण निर्वाध प्रवेशको छुट, बेचबिखनका लागि दलालहरुले नयाँनयाँ स्वरुप तथा शैलीहरु परिवर्तन गरिरहनु, महिला तथा बालबालिकाहरुमाथि हुने घरेलु हिंसा जस्ता समस्यामा कमी नहुनु, सीमावर्ती शहर नजिकै नेटवर्किङ कम्पनी र अर्केष्टा जस्ता बैण्डहरु खोलिनु, नेपालका विभिन्न भागहरुबाट धेरै महिलाहरु भारतीय नाका हुँदै खाडी मुलुकतर्फ जाने प्रवृत्ति बढ्दो हुनु प्रमुख समस्याहरु हुन् ।  

    वि.सं. २०४९ सालमा स्थापना भएको माइती नेपालले मानव बेचबिखनविरुद्ध काम गर्दै आएको छ ।