images

सोमवार, बैशाख १७ गते २०८१

रोजगारमुलक शिक्षामा जोड दिनु पर्‍यो : प्रधानमन्त्री प्रचण्ड

रोजगारमुलक शिक्षामा जोड दिनु पर्‍यो : प्रधानमन्त्री प्रचण्ड

images
images
images
शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • रोजगारमुलक शिक्षामा जोड दिनु पर्‍यो : प्रधानमन्त्री प्रचण्ड

    भैरहवा । प्रधामनत्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारमूलक, सुसंस्कृत, सभ्य, नैतिक र चरित्रवान नागरिक उत्पादन गर्ने गुणस्तरीय शिक्षामा जोड दिएका छन् ।  

    images

    लुम्बिनी बौद्ध विश्व विद्यालयको पन्ध्रौं सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय शिक्षा नै देश विकासको मूल आधार भएको उल्लेख गर्नु हुँदै रोजगारमुलक शिक्षामा जोड दिए । 

    उनले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई मजबुत बनाउदै मुलुकलाई आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको उल्लेख गरे । प्रधानमनत्री प्रचण्डले समृद्ध मुलुक निर्माणका लागि सीपमूलक, ज्ञानमूलक, अन्वेषणमूलक तथा उत्पादनमूलक शिक्षामा बिशेष जोड दिनु पर्ने बताए । 

    उनले विश्वविद्यालयका परम्परागत शैक्षिक पद्धतिमा फेरबदल गर्दै देशले लिएको नीति अनुरूप शैक्षिक कार्यक्रम सञ्चालन गरी त्यसबाट उपयुक्त सीपसहित, प्रविधिमैत्री, नैतिकवान जनशक्ति उत्पादन गर्ने जिम्मेवारी वहन गर्नु पर्नेमा जोड दिए ।  

    प्रधानमन्त्री प्रचण्डले नेपालको शैक्षिक प्रणालीका कारण शैक्षिक बेरोजगारीको अवस्था आएको बताउनु हुदै शिक्षा प्रणालीमा परिवर्ततन गर्न जरुरी रहेको बताए । 

    नेपालका विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउने भन्दा रटाउने शिक्षा पद्धति चलिरहेको उल्ले गर्दै प्रधानमन्त्री प्रचण्डले देशको प्राकृतिक स्रोत र मानवीय साधनलाई उचित तरिकाले व्यवस्थापन गर्नका लागि शिक्षा प्रणालीमा सिकाउने कुरालाई जोड दिनु आवश्यक रहेको बताए ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij