images

सोमवार, बैशाख १७ गते २०८१

रोटरी लुम्बिनी सिद्धार्थनगरद्वारा भानु माविलाई पंखा हस्तान्तरण

रोटरी लुम्बिनी सिद्धार्थनगरद्वारा भानु माविलाई पंखा हस्तान्तरण

images
images
images
शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • रोटरी लुम्बिनी सिद्धार्थनगरद्वारा भानु माविलाई पंखा हस्तान्तरण

    भैरहवा, १९ फागुन ।
    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले सामूदायिक विद्यालयलाई सिलिङ पंखा हस्तान्तरण गरेको छ । क्लबले शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयमा १२ थान पंखा हस्तान्तरण गरेको अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । उनले क्लबले शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

    images

    अध्यक्ष भण्डारीले भने, ‘धेरै ठाउँमा पुग्न खोजेका छौं, यस विद्यालयमा थप कार्यक्रम ल्याएर पुनः जोडिनेछौं । प्रत्येक वर्ष यस विद्यालयमा एउटा काम गर्नेछौं ।’ अन्तर्राष्ट्रिय सामाजिक संस्थाको रुपमा रहेको रोटरीले विभिन्न क्षेत्रमा पुगेर काम गरिरहेको बताए । ‘आर्थिक मन्दीका कारण केही चुनौती छ । तर, हामी सामाजिक सेवामा लागिपरेका छौं, ’भण्डारीले भने । विद्यालयमा केही सामग्री हस्तान्तरण गर्ने अवसर प्रदान गरेको भन्दै उनले विद्यालय परिवारलाई धन्यवाद दिए ।

    पंखा हस्तान्तरण कार्यक्रममा बोल्दै श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले भने, ‘यहाँहरुले विद्यालयलाई सम्झेर सम्मान गर्नुभएको छ । खुसी लागेको छ । यहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ उनले पटकपटक रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भानु माविलाई नै सम्झनुले आफूहरुलाई खुसी बनाएको बताए । उनले विशेष गरी न्यून आय स्रोत भएका परिवारका बालबालिकाहरु अध्ययनरत यो विद्यालयमा सहयोग गर्नु पुनित कार्य भएको बताए । उनले भने, ‘सदैव यो सहयोगले निरन्तरता पाओस् ।’

    उनले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष नारायण प्रसाद भण्डारीले भैरहवास्थित भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारीमा रहदा राम्रो काम गर्नुभएको र उहाँको पहलमा कोरोना महामारीमा अस्पतालमा धेरै सहयोग जुटेको बताए । 

    428502698_928490675951078_4947901944532613759_n.jpg

    भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदीले भने, ‘यहाँहरुको साथ र सहयोग पाइएको छ । हामी पनि यही समाजको मान्छे हौं । हाम्रो पनि केही कमीकमजोरी भए औल्याइदिनुहोस् ।’ प्रधानाध्यापक सुवेदीले आगामी दिनमा पनि क्लबले विद्यालयमा आवश्यक सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।

    रोटरीका काउन्सील चेयर डा. शान्त कुमार शर्माले रोटरी मानवीय कार्यमा अघि बढेको बतए । उनले भने, ‘रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले विद्यालयलाई प्रदान गरेको सामग्रीबाट विद्यार्थीहरुले केही राहत महसुस गर्ने विश्वास लिएका छौं । ’
    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको प्रमुख आतिथ्यता, ओम जैसीको स्वागत तथा क्लबकी सचिव सरिता रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोटरीका अगुवा खिम बहादुर कार्कीलगायतले बोलेका थिए । 

    428514109_928490672617745_3162388291383708255_n (1).jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij