२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

रुपन्देहीमा भन्सार छलेर ल्याइएको प्याज बरामद

शुक्रवार , फाल्गुण १८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १८ फागुन ।
    रुपन्देहीमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको प्याज प्रहरीले बरामद गरेको छ । बुधबार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–४ स्थित घाघरा खोलाबाट अन्दाजी रु. ९६ हजार मूल्य बराबरको ५० बोरा बरामद गरेको हो ।

    भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइएको प्याज बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।