images

सोमवार, बैशाख १७ गते २०८१

साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी

साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी

images
images
images
बुधवार, फाल्गुण १६ २०८०
बुधवार, फाल्गुण १६ २०८०
  • साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी

    भैरहवा, १६ फागुन ।
    जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ मा सेन्टजोसेफ इङ्लिस बोर्डिङ हाई स्कूल र न्यू होराइजन ‘ए’ ले सफलता हात पारेका छन् । 

    images

    बुधबार कान्ति माध्यमिक विद्यालय र सेन्टजोसेफबीच पहिलो खेल भइरहेका बेला कान्तिले पाँचजना बाहिरी खेलाडी खेलाएको पाइएपछि कान्तिलाई प्रतियोगिताबाट डिसक्वालिफाइड गर्दै हटाइएको आयोजकले जनाएका छन् । कान्ति प्रतियोगिताबाट हटाइएसँगै सेन्टजोसेफ स्वतः अघिल्लो चरणमा प्रवेश गरेको छ । न्यू होराइजन ‘ए’ले भने राममणि क्याम्पसलाई ५ रनले पराजित गर्दै जित हात पारेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा गरेको न्यू होराइजन ‘ए’ ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ५२ रनको बलियो स्कोर खडा गर्यो । उसका लागि विशाल भुसालले ४३, अमर मिश्राले ३५, निश्चल ज्ञवालीले ३२ र संगम पाण्डेयले २२ रनको योगदान दिए । बलिङमा राममणिका श्याम चौहानले ३ तथा हिमाल थापा र मनिष थापाले समान १–१ विकेट लिए ।

    जवाफमा मैदानमा उत्रिएको राममणिले निर्धारित खेलमा ५ विकेटको नोक्सानीमा १ सय ४७ रन बनायो र ५ रनले हार व्यहोर्यो । उसका लागि थमन सिंजालीले अविजित ६९ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जीत दिलाउन सकेनन् । त्यस्तै विकल अधिकारीले २५ र मनिष थापाले २२ रन जोडे । बलिङमा न्यू होराइजन ‘ए’ का निर्मल गुरुङले २ तथा अमर मिश्राले १ विकेट लिए । खेलमा होराइजनका विशाल भुसाल म्यान अफ द म्याच घोषित भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टीमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । 

    त्यस्तै म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै एक अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टीम सहभागी छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij