२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

गठबन्धन खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ : केपी ओली

बुधवार , फाल्गुण १६, २०८०

काठमाडौं, १६ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्न सक्ने टिप्पणी गरे । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए ।

ओलीले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गरे। उनले काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताए । काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले काँग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको बताए ।