
मंगलवार , फाल्गुण १५, २०८०
काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सो प्रतिवद्धता जनाएका हुन् । उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताए । उनले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पु¥याउनुभएको योगदान अजर अमर रहने बताए । उनले संगीतकार भक्तराज आचार्यका सिर्जनाहरु कालजयी रहने बताए ।
प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij