२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

रास्वपा तिलोत्तमा–८ को प्रथम अधिवेशन, अध्यक्षमा भुसाल

शनिवार , फाल्गुण १२, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • तिलोत्तमा, १२ फागुन ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमा नगरपालिका वडा नम्बर ८, रुपन्देहीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार तिलोत्तमा–८ स्थित लक्ष्मी फेन्सीको सभाहलमा सम्पन्न अधिवेशनले रामाकान्त भुसालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    जसको सचिवमा प्रकाश तिवारी तथा सदस्यहरुमा बुद्धि सापकोटा, प्रतीक  पाण्डेय, टेक बहादुर थापा, मोहन उपाध्याय, विष्ण ढकाल, निशा मिजार र मीना सारु, सावित्रा पाण्डेय रहेका छन् ।

    कार्यक्रममा रास्वपा केन्द्रिय सदस्य कुसुम महर्जन, निर्वाचन संयोजक शोभा खत्री, पार्टीका तिलोत्तमा नगर कमिटी सचिव कृष्ण तिवारी, यमुना खरेल निर्वाचन पर्यवेक्षक छबिन्द्र भट्टराई, रास्वपा तिलोत्तमा–१ का सभापति भुवन थापा लगायतले भनाइ राखेका थिए ।

    रास्वपा तिलोत्तमा नगर सभापति रुस्तम कंडेलको स्वागत तथा सचिव प्रकाश तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।