images

शनिवार, बैशाख १५ गते २०८१

सत्ताकेन्द्रीत राजनीतिले सुशासन फितलो : संविधानविद् दाहाल

सत्ताकेन्द्रीत राजनीतिले सुशासन फितलो : संविधानविद् दाहाल

images
images
images
शनिवार, फाल्गुण १२ २०८०
शनिवार, फाल्गुण १२ २०८०
  • सत्ताकेन्द्रीत राजनीतिले सुशासन फितलो : संविधानविद् दाहाल

    बुटवल, १२ फागुन ।
    संविधानविद् काशीराज दाहालले संविधानको मर्मअनुसार नेतृत्व नजाँदा मुलकमा समस्या भएको बताएका छन् । संविधानको मर्मअनुसार जानुभन्दा दलहरुले सत्ताकेन्द्रीत गरेर जाँदा जनतामा निराशा छाएको बताएका छन् ।

    images

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानविद् दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गरे । उनले संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको बताए ।

    ‘संविधानले के परिकल्पना गरेको हो भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट मुलुकमा सुशासन स्थापना गर्न राज्य शक्तिलाई तीन तहमा विभाजन गरेको छ । तीनै तहले भ्रष्टाचार न्यूनीकरणका लागि जुन एकताबद्धताका साथ काम गर्नुपर्ने हो त्यो अझै पनि हुन सकिरहेको छैन, ’उनले भने ।

    कुनै पनि संविधानलाई गतिशील बनाउन तीन कुरा समयमा हुन आवश्यक रहेको उनले भने, ‘संविधान कार्यान्वयन एवं गतिशील बनाउन तीन कुरा आवश्यक छन् । ती हुन् जनताले अपेक्षा गरेका कानून तत्काल बन्नुपर्ने हुन्छन् तर, आवश्यक कानुन बन्न सकेनन् । दोस्रो जनताले अनुभूति गर्न नसक्नु र गराउन नसक्नु हो भने तेस्रो संविधान स्वीकार नगर्ने शक्तिमार्फत कमी कमजोरी खोजी गर्नु आवश्यक छ ।’

    दाहालले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्तावेजको रूपमा रहने उल्लेख गरे ।

    रिपोर्टर्स क्लब नेपाल क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले योग्य र सक्षम व्यक्ति संसदमा पुगेमा त्यसबाट बन्ने सरकार उत्तरदायी र जबाफदेही बन्ने बताए । त्यसको लागि आम निर्वाचनबाट नै जनताले सही मतको प्रयोग गरेमा स्वार्थ समूहले विधि एवं कानून बनाउन नपाउने भएकोले जनताले मतदान गर्दादेखि नै ध्यान पुर्याउन आग्रह गरे ।

    शासन प्रणाली, सेवा प्रवाहको अवस्था, हरेक क्षेत्रमा दलीयकरण र राजनीतिकरण गरिने प्रवृत्तिहरु छन् यसले गर्दा सुशासन प्रणाली कमजोर भएको बताउँदै भर्खर मात्र ट्रान्सपरेन्सी इन्टरनेशनलले भष्ट्रचारको सूचीमा नेपाललाई १०८ औ स्थानमा राखेको खुलाए । ‘यसले के देखाउँछ भने नेपालको सुशासनको अवस्था कमजोर छ । राजनीतिक तहमा भ्रष्टाचार र अनियमितता उत्तिकै छ । कर्मचारी प्रशासन तथा सार्वजनिक क्षेत्र लगायत हरेक क्षेत्रमा भष्ट्रचार न्यूनीकरण गर्न सकिएको छैन, उनले भने ।’

    दाहालले राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई सजाय दिने प्रकृति कमजोर हुँदै गएकोले यस्तो अराजकता वृद्धि हुँदै गएको बताए ।

    ‘निर्वाचन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिष्पर्धा, अनुत्पादक क्षेत्रमा खर्च गर्ने स्थितिले सत्ता कब्जा गर्ने कुरालाई देखाउँछ । हरेक राजनीतिक दलको सत्तामा पुग्ने इच्छा हुनु स्वभाविक हो । तर, अनुचित कार्यबाट सत्तालाई कब्जा गर्न खोजियो भने त्यस्तो अवस्थामा सुशासन कायम हुन सक्दैन, ’उनले भने ।

    उनले सहकारीको सिद्धान्त अनुसार काम नगर्दा मलुकका सहकारीहरु समस्यामा रहेको बताए । सहकारीले जग्गामा लगानी, बैंक जस्तो काम गरी काम गर्दा एक पछि अर्को समस्यामा फसेको उनले बताए।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij