images

शनिवार, बैशाख १५ गते २०८१

साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः गुल्जारी

साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः गुल्जारी

images
images
images
शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः गुल्जारी

    भैरहवा, ११ फागुन ।
    साना किसान कृषि सहकारी संस्था लि. मायादेवी गाउँपालिका–६ गोनहा, शिवपुर, रुपन्देहीको २० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले पुनः ओमप्रकाश यादव (गुल्जारी) को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    images

    सहकारीको उपाध्यक्षमा अनुरुध प्रसाद बनिया, कोषाध्यक्षमा बनारसी चाई तथा सदस्यहरुमा रामकुमार यादव, दिनेश बरई, संगिता यादव, शोभा यादव, कमला यादव र भगवानदास कुर्मी रहेको संस्थाका व्यवस्थापक अभय कुमार तिवारीले बताए ।

    साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दीन खानले आर्थिक रुपमा कमजोर व्यक्तिहरुलाई साना किसान कृषि सहकारी संस्था लि. सहयोग गरेको भन्दै सहकारीलाई धन्यवाद दिए । उनले स्वदेशमै रोजगारी पाउन नसकेको अवस्थामा विदेश जान युवाहरुलाई सहकारीले सरल कर्जा उपलब्ध गराएको बताए । 

    लुम्बिनी प्रदेशको पूर्व शिक्षा, युवा तथा खेलकुद मन्त्री समेत रहेका खानले यो सहकारीप्रति गर्व गर्नुपर्ने बताए । उनले विगतमा गरगहना राखेर साहुबाट ऋण लिनुपरेको स्मरण गर्दै अहिले भने सहकारीले ऋण प्रक्रियालाई सहज बनाएको उल्लेख गरे ।

    प्रदेश सभा सदस्य खानले बैंकमा पहुँच हुन नसकेका सर्वसाधारणलाई सहकारीले सहयोग गरेको बताए । उनले विकास निर्माणको सवालमा सम्पूर्ण राजनीतिक पार्टी एकजुट भएर अघि बढेको बताए । विकासको मुद्दामा एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले संघीयताकै कारण जनताले नजिकबाट सेवा पाएको दावी गरे ।

    त्यस्तै साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष तथा पूर्व कृषिराज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले केही व्यक्तिले यो सहकारीको बारेमा भ्रम फैलाएको गुनासो गरे । उनले सहकारीका सदस्यहरुलाई उनीहरुले खोजेकै आधारमा बचत तथा ऋण लगानी गरेको बताए । उनले सहकारीमा आबद्ध सदस्यहरुको जीवनस्तरमा सुधार हुनुपर्छ र सोही दिशामा सहकारीको प्राथमिकता हुनुपर्छ भन्ने साझा संकल्प हुनुपर्छ भन्ने सञ्चालक समितिको ठम्याइ रहेको बताए । 

    सहकारीका शेयर सदस्य रामप्रकाश यादवको स्वागत तथा व्यवस्थापक अभय कुमार तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डे, मायादेवी–५ का अध्यक्ष तेज नारायण पाल, साना किसान लघुवित्तका बुटवलका शाखा प्रबन्धक गणेश प्रसाद भट्टराई, अधिकृत निरन्जन निसादलगायतले बोलेका थिए । 


     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij