images

शनिवार, बैशाख १५ गते २०८१

भारतीय पर्यटकले कम्तीमा पाँच लाख रुपैयाँ नेपाल ल्याउन पाउनुपर्छ : मन्त्री पाण्डेय

भारतीय पर्यटकले कम्तीमा पाँच लाख रुपैयाँ नेपाल ल्याउन पाउनुपर्छ : मन्त्री पाण्डेय

images
images
images
बिहिवार, फाल्गुण १० २०८०
बिहिवार, फाल्गुण १० २०८०
  • भारतीय पर्यटकले कम्तीमा पाँच लाख रुपैयाँ नेपाल ल्याउन पाउनुपर्छ : मन्त्री पाण्डेय

    भैरहवा, १० फागुन । 
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले भारतीय पर्यटक नेपाल आउँदा भारु २५ हजार रुपैयाँ मात्रै ल्याउन पाउने व्यवस्थाप्रति असुन्तष्टी जनाएका छन् । उनले भारतीय पर्यटकले नेपालमा २५ हजार रुपैयाँ मात्र ल्याउन पाउने तर, युरोपका पर्यटकले ५ हजार डलर ल्याउन पाउने भन्दै प्रश्न गरे ।

    images

    नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको आयोजनामा बाँकेको नेपालगंजमा भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८० मा बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘२५ हजार रुपैयाँ ल्याउने भारतीय पर्यटक होटलमा बस्दा एकै दिनमा खर्च गरेर सकिन्छ । त्यसैले भारतीय पर्यटकलाई कम्तीमा ५ लाख रुपैयाँ ल्याउन दिनुपर्छ, माननीय उपप्रधान तथा गृहमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’

    उनले पर्यटनका माध्यमबाट आर्थिक समृद्धितर्फ बढ्न सकिन्छ भन्ने प्रदेश सरकारको मान्यता रहेको उल्लेख गरे । उनले पर्यटकलाई स–सम्मान सेवा सत्कार गर्नुपर्नेमा जोड दिए ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले ‘अतिथि देव भव’ नारालाई व्यवहारमा परिणत गर्नुपर्ने बताए । उनले भने, ‘यो कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारीहरु, राष्ट्रिय अनुसन्धान विभागका हुनुहुन्छ । पर्यटक नेपालमा आउँदा त्यो भारतीय हुन् कि अफगानी हुन कि अरु देशको पर्यटक हुन्, हामीलाई के मतलब ?’
    भारतको उत्तरप्रदेशका १५ प्रतिशत व्यक्ति मात्र पर्यटकका रुपमा नेपाल आए अरबौं रुपैयाँ आर्जन गर्न सकिने उनको भनाइ छ।

    मन्त्री पाण्डेयले धार्मिक पर्यटनलाई बढावा दिदै लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउनुपर्नेमा जोड दिए ।
    ‘शान्ति सुरक्षाको कुरा गर्दा अब आर्थिक समृद्धिको कुरा गर्न चाहन्छौं भने त्यसका लागि लुम्बिनी प्रदेश उर्बरभूमि हो । यो मैले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने बेला पनि भनेको थिएँ, ’मन्त्री पाण्डेयले भने ।

    उनले अब लुम्बिनीको जग्गा विगाह, कठ्ठा र धुर तथा ट्रली र टिप्परमा नभइ एक ग्राम माटोको प्याकेट बनाएर डलरमा विक्री गर्न सकिने बताए । ‘जसरी बुद्ध चित्र अंकित टिसर्ट र टोपीहरु हामी विक्री गर्छौं, त्यसरी नै एक ग्राम माटोको प्याकेट बनाएर एक डलरमा विक्री गर्ने अवस्था सिर्जना गर्न सक्छौं र त्यसैको माध्यमबाट आर्थिम समृद्धि ल्याउन सक्छौं, ’मन्त्री पाण्डेयले भने ।

    लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।सो अवसरमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय प्रशासनलाई थप प्रभावकारी बनाउन यस्ता प्रकारका कार्यक्रमले विशेष महत्व राख्ने आफूले विश्वास लिएको बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij