२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

बिहिवार , फाल्गुण १०, २०८०

  • 457
    Shares
  • 457
    Shares
  • काठमाडौं, १० माघ । प्रतिनिधिसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ । 

    बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी(दोश्रो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेक्रममा एमाले सचेतक महेश बर्तौलाले गणकपुरक संख्या एकिन गर्न माग गरेका थिए ।

    गणकपुर संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले फागुन ११ गते शुक्रबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जनामात्र उपस्थित देखिएकाले बाँकी कार्यक्रमलाई सूचीबाट हटाउदै बैठक स्थगित भएको सभामुखले जानकारी दिए ।

    कांग्रेस महासमिति बैठक, एमाले केन्द्रीय कमिटी र माओवादी पनि आन्तरिक छलफलमा रहेका कारण प्रतिनिधिसभामा सांसदहरुको न्यून उपस्थीति देखिएको छ ।