२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

एलआइसी नेपालको प्रदेशस्तरीय उत्प्रेरणामूलक प्रशिक्षण

बुधवार , फाल्गुण ९, २०८०

  • 850
    Shares
  • 850
    Shares
  • भैरहवा, ९ फागुन ।
    लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) नेपालले उत्प्रेरणामूलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी, सुदुरपश्चिम तथा कर्णाली प्रदेशका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

    कार्यक्रमको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उद्घाटन गरे । कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा आबद्ध भइ बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई प्रशिक्षण दिदै कुमारले अझ बढी सक्षम र व्यवसायी बनाउँदै लैजाने नीतिअनुरुप प्रदेशस्तरीय कार्यक्रम गरेको बताए । उनले कम्पनीले यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए । 

    दाङको घोराहीमा आयोजना गरिएको यो कार्यक्रममा सातै प्रदेशमा भइरहेको उनले बताए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सम्मान गरेका थिए ।

    WhatsApp Image 2024-02-21 at 12.06.03 PM.jpeg

    कार्यक्रममा एजेन्सी म्यानेजर दिपक कुमार पासी, अभिकर्ता बिर बहादुर महरा, नर बहादुर घर्ती तथा अभिकर्ता जानकी जोशी लगायतले जीवन बीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका कार्यक्रम, बजारको माग र बीमितका अपेक्षाका बारेमा आफ्ना भनाइ राखेका थिए । उनीहरुले कम्पनीको केही सुधार गर्नुपर्ने कुराहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत कुमारलाई जानकारी गराएका थिए ।

    कार्यक्रममा शाखा प्रमुखहरु तिर्थराज आचार्य (परासी), कृष्ण दत्त भट्ट (बुटवल), सुर्य बहादुर जिसी (तौलिहवा), केशव सुवेदी (घोराही), हिमांशु गुप्ता (लमही), हरिश भट्ट (तुल्सीपुर), ब्यास मिश्र (नेपालगंज) लगायत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    प्रशिक्षक तथा अन्तरक्रिया कार्यक्रममा बर्दघाट, परासी, बुटवल, तौलिहवा चन्द्रौटा, लमही, घोराही, तुलसीपुर, नेपालगंज, बर्दिया, टीकापुर, धनगढी, महेन्द्रनगर, जुम्ला, प्यूठान, सुर्खेत शाखाका बम्पर धमाकामा स्किम जित्न सफल ६० जना अभिकर्ताको सहभागीता रहेको थियो ।

    WhatsApp Image 2024-02-21 at 12.06.11 PM.jpeg

    सुदुरपश्चिम कर्णाली प्रदेश प्रमुख लाल बहादुर यैरको स्वागत तथा लुम्बिनी प्रदेश प्रमुख सुरज प्रताप साहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे । 

    कार्यक्रममा सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्मथलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए ।