२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै प्रथम

बुधवार , फाल्गुण ९, २०८०

बुटवल, ९ फागुन । 
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा नेपालमै प्रथम भएको छ ।  सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ । 

न्यूनतम मापदण्ड मुल्यांकनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अंक प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए ।  

लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात मंगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्यांकन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।  

मूल्यांकन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इन्ष्टिच्युट काठमाडौं रहेको थियो । 

लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।