२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

मंगलबारदेखि भैरहवामा ‘साई ग्लोबल कप’

आइतवार , फाल्गुण ६, २०८०

  • 856
    Shares
  • 856
    Shares
  • भैरहवा, ६ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लास्तरीय इन्टर कलेज टी–२० प्रतियोगिता ‘साई ग्लोबल कप–२०८०’ हुने भएको छ । फागुन ८ गते मंगलबारदेखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा २६ वटा टीम (विद्यालय) को सहभागीता रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

    Cricc.jpg

    साई ग्लोबल एकेडेमी, भैरहवाले प्रायोजन गरेको यो प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने रुपन्देही क्रिकेट संघका सचिव सन्जय गुरुङले बताए । ‘क्रिकेटको विकासमा स्कूल र कलेजस्तरको प्रतियोगिताहरुले भविष्यका निम्ति नयाँ प्रतिभाहरु उत्पादन गर्ने दिशातर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरामा हामी विश्वस्त छौं, ’गुरुङले भने । 

    प्रतियोगिताको विजेतालाई रु. ५० हजार १, उपविजेतालाई रु. २५ हजार १ (ट्रफी, मेडल र प्रमाणपत्रसहित), म्यान अफ द म्याचलाई रु. १ हजार, म्यान अफ द सिरिजलाई रु. २ हजार ५ सय, बेष्ट बलरलाई रु. २ हजार ५ सय (ट्रफी र प्रमाणपत्र) प्रदान पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक पुनित पोख्रेलले जानकारी दिए ।

    प्रतियोगितामा नेपथ्य कलेज मणिग्राम, होराइजन जीबीएस ड्राइभरटोल, शान्ति नमुना मणिग्राम, जेसिस उच्च मावि भैरहवा, न्यू होराइजन कलेज बुटवल, रुपन्देही क्याम्पस भैरहवा, वेष्टर्न मेगा क्लेज बुटवल, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, सेन्ट जोसेफ कलेज, भलवारी, इडेन इङ्गलिस बोर्डिङ्ग हाई स्कूल बुटवल, साई ग्लोबल ‘ए’ भैरहवा, खुदाबगर आदर्श कलेज लुम्बिनी, साई ग्लोबल ‘बी’ भैरहवा, काशी नोबल एकेडेमी भैरहवा, प्यारामाउण्ट इङ्गलिस बोर्डिङ्ग हाई स्कूल बुटवल, केनन इङ्गलिस बोर्डिङ हाई स्कूल बुटबल, सीसीटी बुटवल, लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय लुम्बिनी, बेलबास, मूनलाइट सेकेण्डरी बोर्डिङ्ग स्कूल भैरहवा, राममणि मल्टिपल क्याम्पस, तिलोत्तमा, देवदह आदर्श मल्टिपल क्याम्पस देवदह, कान्ति मावि बुटवल, भैरहवा सेकेण्डरी स्कूल भैरहवा, शहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैना, लीलाराम न्यौपाने मावि भैरहवा र न्यू होराइजन ‘बी’ बुटवल सहभागी हुने आयोजकले जनाएका छन् ।

    रुपन्देही क्रिकेट संघले आफ्नो वार्षिक कार्ययोजना अनुरुप विद्यालयस्तरीय प्रतियोगिता, प्रधानमन्त्री कप पुरुष क्रिकेट र तीनदिवसीय क्रिकेट प्रतियोगिताहरु आयोजना गरिसकेको संघका अध्यक्ष हरि बहादुर थापाले बताए । अब संघले रुपन्देही सुपर लिगको आयोजना गर्ने थापाले जानकारी दिए । रुपन्देही क्रिकेट संघका अनुसार ‘साई ग्लोबल कप–२०८०’ (दोस्रो संस्कण) फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।