२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भयो : रबि लामिछाने

आइतवार , फाल्गुण ६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका छन् । 

    प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानविनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका हुन् ।

    उनले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने तर वरपरका मान्छेलाई नछुने काम भएको जिकिर गरे । उनले नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार बन्न नहुने धारणा राखे ।

    सरकारले भ्रष्टाचारको फाइल खोल्ने भए रास्वपाका मान्छेहरुको फाइल खोल्न उहाले चूनौति दिए । त्यस्तै सभापति लामिछानेले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गरे ।

    बालकुमारी घटना सामान्य नभएको भन्दै उहाले प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले कसरी कार्यान्वयन गर्छ भनेर रास्वपाले हेरिरहेको बताए ।