२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग

आइतवार , फाल्गुण ६, २०८०

  • 796
    Shares
  • 796
    Shares
  • काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै एमालेका सचेतक महेश बर्तौलाले ललितपुरको बालकुमारीमा दुईजनाको मृत्युहुने गरि भएको घटनाको सरकारी छानविन समितिले मन्त्रीकै कमजोरीका कारण घटना घटेको निष्कर्ष निकालेको भन्दै मन्त्री ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग गरे । सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन नसकिने उहाले बताऐ ।

    त्यस्तै उनाले भ्रष्टाचार मुद्धामा अख्तियारमा बयान दिने व्यक्ति समेत मन्त्रीको रुपमा सरकारमा बसिरहेको भन्दै प्रधानमन्त्रीको सुशासन अभियानलाई खिल्लि उडाएको तर्क गरे ।

    त्यस्तै उनले घरबेटीको छोरालाई खुसी पार्न रामग्राम क्षेत्र निजी क्षेत्रलाई दिने निर्णय रोकिएपनि यसमा भ्रष्टाचारको आशंका रहेको जिकिर गरे ।