२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

लायन्स र लियो क्लबद्वारा स्वास्थ्य शिविर

आइतवार , फाल्गुण ६, २०८०

  • 937
    Shares
  • 937
    Shares
  • बुटवल, ६ फागुन । 
    लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल क्षितिज, लियो क्लब अफ बुटवल क्षितिज र लियो क्लब बुटवल स्टार्सको आयोजनामा रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित मानपकडी स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    शिविरको शुभारम्भ गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गर्भनर अर्जुनमान संैजुले लायन्स क्ल्बले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताए ।

    कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्वले गाउँमा राम्रो काम गरेको बताएका थिए । 

    कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स  क्लब अफ बुटवल क्षितिजका अध्यक्ष धुब्र  कुमार शर्मा, गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवाली, लायन्स  इन्टरनेस्नल ३२५ (पी) फस्ट भाइस डिष्ट्रिक गभर्नर (भिडिजी) पुरुषोत्तमभक्त प्रधानाङ्ग, सेकेण्ड भिडिजी बालाराम  भट्टराई, डिष्ट्रिक एलसीसीएफ कोर्डिनेटर सन्दीप  कसौधन, गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेल, वडा नम्बर ५ का अध्यक्ष चन्द्रमान चौधरी लगायतको सहभागीता रहेको थियो । 

    शिविरमा छाला तथा यौन रोग विशेषज्ञ डा. ज्योति श्रेष्ठ,  प्रस्तुती तथा स्त्रीरोग विशेषज्ञ डा. अनिता पुनसहितको स्वाथ्यकर्मीहरुको टीलीले ५२५  जना स्थानीयबासीको स्वास्थ्य परीक्षण गरेको थियो ।