images

शनिवार, बैशाख २२ गते २०८१

भैरहवा भन्सारबाट निर्यातमा सुधार, ६ महिनामा ७ अर्बको निर्यात

भैरहवा भन्सारबाट निर्यातमा सुधार, ६ महिनामा ७ अर्बको निर्यात

images
images
images
शुक्रवार, फाल्गुण ४ २०८०
शुक्रवार, फाल्गुण ४ २०८०
  • भैरहवा भन्सारबाट निर्यातमा सुधार, ६ महिनामा ७ अर्बको निर्यात

    भैरहवा, ४ फागुन । भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ७ अर्बको निकासी भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा निर्यातमा राम्रो सुधार आएको छ । चालु वर्षको ६ महिनाको अवधिमा ६ अर्ब ९२ करोड बराबरको निकासी भएको भैरहवा भन्सार कार्यालयबाट २ अर्ब ९ करोडको सिमेन्ट तथा क्लिङकर निर्यात भएको छ ।

    images
    images
    images

    भन्सार कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्म ७५ करोड २२ लाख रुपैयाँको १ लाख ३३ हजार टन सिमेन्ट तथा ६८ करोड ४३ लाखको १ लाख २० हजार टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको हो । केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिंकरको आयात प्रतिस्थापन गर्दै अहिले धमाधम रुपमा निकासी हुन थालेको हो ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले गत आर्थिक वर्षको तुलनामा निर्यातमा सुधार आएको बताए । भैरहवा भन्सार कार्यालयबाट निर्यात भएका वस्तुहरुमध्ये १० वटा वस्तुबाट मात्रै ४ अर्ब ८५ करोडको निर्यात भएको भन्सार प्रमुख नारद गौतमको भनाइ छ ।

    बेलहिया नाका हुँदै सबैभन्दा बढी निकासी हुने वस्तुमा सेन्थेटिक यार्न रहेको छ । यार्न भारत तथा टर्की निकासी हुने गरेको छ । त्यसै गरी यो नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडिबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत निकासी भइरहेको छ ।

    भन्सार कार्यालय भैरहवाबाट १ अर्ब ५० करोडको सेन्थेटिक यार्न, ३८ करोड ४४ लाखको वनस्पति उत्पादन, ३३ करोड ८ लाखको पिना, २४ करोड ५४ लाखको अदुवा, सुठो तथा २३ अर्ब ३२ करोड चाउचाउ, नुडल्स, पास्ता लगायतका वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।

    भैरहवा भन्सारबाट २० करोड ३१ लाखको प्लाईउड निर्यात भएको छ भने ४ अर्ब ८५ करोडको चोकर र भुस निर्यात भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षको ६ महिनामै दोब्बर निकासी भएको तथ्यांकले देखाएको छ ।

    बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ । सिमेन्टको आन्तरिक खपत कम भइरहेका बेला भारत निकासीमा देखिएको सुधारले उद्योगी तथा व्यवसायीहरुमा सकारात्मक सन्देश दिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको भनाइ छ ।

    निर्यातजन्य वस्तुहरुमा दिने भनिएको सेवासुविधा र सहुलियत लगायतका विषयमा सरकारले कार्यान्वयन गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । भारतीय बजारमा देखिएको नेपाली वस्तुको प्रचारप्रसारले हामीलाई निकै उत्साहित बनाएको छ, अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले निर्यात प्रवद्र्धनमा टेवा पुग्ने खालका नीति निर्माणमा जोड दिनुपर्छ ।’

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij