images

शनिवार, बैशाख २२ गते २०८१

ईण्डो–नेपाल कपको उपाधि जितेको नेपाली टोलीलाई जसपा रुपन्देहीद्वारा सम्मान

ईण्डो–नेपाल कपको उपाधि जितेको नेपाली टोलीलाई जसपा रुपन्देहीद्वारा सम्मान

images
images
images
शुक्रवार, फाल्गुण ४ २०८०
शुक्रवार, फाल्गुण ४ २०८०
  • ईण्डो–नेपाल कपको उपाधि जितेको नेपाली टोलीलाई जसपा रुपन्देहीद्वारा सम्मान

    भैरहवा, ४ फागुन । 
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडरियामा सम्पन्न भएको ईण्डो–नेपाल क्रिकेट टुर्नामेन्टको उपाधि विजेता लुम्बिनी नवयुवा क्लबलाई जनता समाजवादी पार्टी नेपाल, जिल्ला समिति रुपन्देही (जसपा) ले सम्मान गरेको छ । बिहीबार तेनुहवा सामदायिक अध्ययन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी जसपा रुपन्देहीले विजयी टीमका खेलाडीहरुलाई नगदसहित तथा आयोजकलाई सम्मान गरेको हो । 

    images
    images
    images

    सम्मान कार्यक्रममा बोल्दै पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले यस क्षेत्रकै प्रतिष्ठित प्रतियोगितामा पहिलोपटक भारतीय टोलीलाई हराउँदै नेपाली क्रिकेट टोली प्रथम भएको भन्दै खुशी ब्यक्त गरे । उनले नेपालमा क्रिकेट खेलाडीहरुको उर्वरभूमि ग्रामीण क्षेत्र भएकोले सरकारले ग्रामीण क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।

    नेपाल र भारतका ३२ टीम सहभागी पडरिया लुम्बिनी प्रिमियर लिगको छैठौं संस्करणको रुपमा रहेको ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको थियो । 

    सम्मान कार्यक्रममा जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष राम औतार यादव, रुपन्देही जिल्ला उपाध्यक्षद्वय नवल किशोर सिंह, कलामुद्दीन खान, प्रदेश सदस्य गोविन्द यादव, बच्चुलाल केवट, समाजवादी विद्यार्थी युनियन प्रदेश अध्यक्ष राहुल यादव, जसपा रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, सिद्धार्थनगर उपाध्यक्ष मनोज प्रजापति (महाकाल), विद्यार्थी जिल्ला अध्यक्ष विरेन्द्र यादव, जिल्ला सचिव कौशलेन्द्र मिश्रा, पार्टी जिल्ला सह–सचिव राज कुमार लोध, वडाअध्यक्ष इनामुल्लाह फकिर, खुर्शीद आलम, कमाल खान, लुम्बिनी नव युवा क्लबका अहमद खान लगायतको उपस्थिति रहेको थियो ।

    जसपा रुपन्देही अध्यक्षद्वारा सहयोग

    जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत पाँचजना विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेका छन् । बसन्त पञ्चमी (सरस्वती पूजा) को अवसरमा बुधबार विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्यक्ष यादवले सहयोग गरेका हुन् ।

    428314372_750837236971871_5689998043728143169_n.jpg

    सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख उमा काफ्लेले आफ्ना स्वर्गीय आमा मायादेवी तथा पिता पुनाराम खनालको स्मृतिमा सोही विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकी छन् ।
    विभिन्न माध्यमिक विद्यालय तथा क्याम्पसमा विज्ञान, प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्राहरुलाई काफ्लेले छात्रवृत्ति प्रदान गर्दै आएकी छन् ।

    428411977_750837393638522_3418502495404670956_n.jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij