२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ (फोटोफिचर)

बुधवार , फाल्गुण २, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • लुम्बिनी, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राष्ट्रव्यापी दबाब अभियान’ अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दवाव स्वरुप बुधबार पैदलयात्रा गरेको छ । रास्वपा सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेको उपस्थितिमा करिब १० किलोमिटरको पैदलयात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको हो ।

    लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणाधिन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शन गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवार चोकसम्म पैदलयात्रा गरे ।

    Ravi 3.jpg

    महिलवारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बहानामा ढिलाइ गर्ने छुट नरहेको बताए । उनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफूहरुले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए ।

    रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन समेत आग्रह गरेको छ । सांसद् लामिछानेले मायादेवी मन्दिर अगाडि परेवा उडाएका थिए भने नवनिर्मित दियो बाल्ने सेडमा दीप प्रज्वलन गरेका थिए । यसैबीच लामिछानेले लुम्बिनी साँस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाको पार्टी कार्यालयको समेत उद्घाटन गरेका थिए ।

    Ravi 5.jpg
    Ravi 4.jpg
    Ravi 2.jpg
    Ravi 6.jpg