२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

संसद विघटनविरुद्ध टर्च बालेर जसपाद्वारा भैरहवामा प्रदर्शन

बुधवार , माघ २८, २०७७

भैरहवा, २८ माघ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार भैरहवामा टर्च लाइट बालेर र बाजा बजाएर प्रदर्शन गरेको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको र्‍याली मिलनचोकमा पुगेर विरोधसभामा परिणत भएको जसपाका युवा नेता रवि कुमार रौनियारले बताए ।

र्‍यालीमा सहभागि जसपाका नेता कार्यकर्ताहरुले केपी ओली मूर्दावाद, अध्यारो दिने नेकपा प्रकाश दिने जसपा, असंवैधानिक कदम खारेज गर लगायतका नारा लगाएका थिए ।

विरोधसभामा बोल्दै जसपा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेयले अब सरकारको नेतृत्व नेकपाले नभइ जसपाका युवाले गर्ने बताए । उनले संसद विघटनको मुद्दामा न्यायालयले उचित फैसला गर्ने विश्वास व्यक्त गरे ।

IMG_2140.JPGलुम्बिनी प्रदेश सांसद तथा जसपा नेतृ कल्पना पाण्डेले दुईतिहाईको दम्भ देखाएर ओली नेतृत्वको सरकारले एकलौटी रुपमा संसद विघटन गराएको बताइन् । उनले संविधान संशोधन गरेर उत्पीडित समुदायलाई हकअधिकार दिनुपर्ने बताइन् । सांसद पाण्डेले संसद पुनस्र्थापना हुनुपर्ने माग गरिन् ।

त्यस्तै पार्टीका लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेल, सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवाल, वसिर खान लगायतले बोल्दै आफै सरकारमा भएको नेकपाले आफै जुलुस सभा गरेर जनतामाझ भ्रम फैलाउन खाजेको आरोप लगाए ।

संसद विघटनविरुद्ध भैरहवासहित बुटवल, लुम्बिनी, लोन्डीहवा, मर्चवार र धकधईमा विरोध प्रदर्शन गरिएको जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए ।IMG_2123.JPGIMG_2136.JPG