२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

वैशाख १७ गते ४० जिल्लामा र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

बुधवार , माघ २८, २०७७

काठमाडौं, २८ माघ । 
सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ ।

मन्त्रिपरिषद बैठकले वैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । साथै वैशाख २७ गते दोस्रो चरणमा कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णयबारे जानकारी दिँदै मन्त्री गुरुङले मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको पनि बताए ।