२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

सियारीमा राप्रपाको संगठन विस्तार

मंगलवार , माघ २७, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २७ माघ । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सियारी गाउँपालिका कमिटी वडा नम्बर ६ र ७ को वडा भेला तथा अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले लिल बहादुर कार्कीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मदन थारु र सचिवमा सोचेन्द्र खत्री रहेका छन् ।

    त्यस्तै वडा नम्बर ७ मा तारामति थारुको अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कौशल्या बनिया, सचिवमा सुरेश थारु, कोषाध्यक्षमा गौरी थारु र सह–सचिवमा जमुना शर्मा रहेका छन् ।

    टंक राज महत र माया रोक्का मगरको अध्यक्षता, महादेव अधिकारीको आतिथ्यता तथा प्रेम नारायण चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपा युवक संगठन रुपन्देहीका सभापति शंकर खत्री, युवक संगठनका केन्द्रीय सह–महामन्त्री अर्जुन थापा मगर, युवा नेता तथा समाजसेवी विरेन्द्र ज्ञवाली, मृत्युञ्जय पाण्डे लगायतको उपस्थिति रहेको थियो ।