images
images

आइतवार, जेठ ६ गते २०८१

पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा, गौतमबुद्ध विमानस्थलमा गरियो भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा, गौतमबुद्ध विमानस्थलमा गरियो भव्य स्वागत

images
images
images
आइतवार, पौष ८ २०८०
आइतवार, पौष ८ २०८०
  • पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा, गौतमबुद्ध विमानस्थलमा गरियो भव्य स्वागत

    भैरहवा, ८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आएका छन् । उनी पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् । उनी अपरान्ह ४ बजे बुद्ध एयरलायन्समार्फत आएका हुन् । पूर्वराजा तथा उनको परिवारलाई नागरिकले स्वागत गरेका छन् ।IMG_0086.jpg

    images
    images
    images

    विमानस्थल बाहिर रहेका उनका समर्थकहरुले ‘राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए भने पुष्पगुच्छाले स्वागत गरेका थिए ।
    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि रुपन्देही लगायत विभिन्न जिल्लाबाट स्वतस्फूर्त रुपमा समर्थक आएको मूल आयोजक समितिका सह–संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    सो क्रममा राप्रपा रुपन्देहीले आफ्नो शक्ति प्रर्दशन समेत गरेको थियो । विमानस्थल प्रांगणदेखि मुख्य सडकसम्म हिडेर पुगेका पूर्वराजा शाह त्यसपछि आफै सवारी चलाएर होटलसम्म पुगेका थिए । सो अवसरमा नौमति बाजाले पूर्वराजालाई स्वागत गरिएको थियो । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बस्ने कार्यक्रम छ ।

    IMG_0108 (1).jpg

    पुर्व राजा शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देहीका साथै कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने बताइएको छ । उनको भ्रमण तालिका अहिलेसम्म सार्वजनिक गरिएको छैन । उनी १९ गतेसम्म बस्ने कार्यक्रम रहेको बताइएको छ । 

                       

    IMG_0085.jpg

    IMG_0087.jpg

    IMG_0101.jpg

    IMG_0096 (1).jpg

     

    IMG_0075.jpg

    IMG_0093.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij