२०८३, कार्तिक ३० गते

Nov 16 2026 | २०८३, कार्तिक ३० गते

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली

सोमवार , कार्तिक ३०, २०८३

  • 166
    Shares
  • 166
    Shares
  • बुटवल, ३० कार्तिक । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित हुनुभएको छ। समाजको २७ औं जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

    साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा कृष्ण प्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सह–सचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन हुनुभएको छ ।

    त्यसै गरी सदस्यहरूमा अर्जुन बहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोख्रेल चयन हुनुभएको छ । गंगा गैरेलाई सदस्यमा मनोनयन गरिएको छ । बाँकी दुई सदस्य नयाँ कार्यसमितिको बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

    नवनिर्वाचित सभापति ज्ञवालीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताका पक्षमा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मानव अधिकारका सवालमा नागरिकलाई सचेत बनाउने, अधिकार हननका घटनामा आवाज उठाउने तथा समाजमा शान्ति, सद्भाव, समानता र न्यायपूर्ण वातावरण निर्माणका लागि संस्थालाई थप क्रियाशील बनाउने बताउनुभयो। 

    मानव अधिकार, लोकतन्त्र र अहिंसाको पक्षमा वकालत गर्दै आएको समाजले रुपन्देहीमा पनि मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि, नागरिक अधिकारको संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

    नयाँ कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिको संयोजकमा समाजका पूर्वसभापति कृष्ण भट्टराई (खिमप्रसाद) रहनुभएको थियो । समितिको सदस्यमा तेजेन्द्र के.सी. र सरोज गौतम रहनुभएको थियो । नवगठित जिल्ला कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।