
शनिवार , मंसिर ३०, २०८०
भैरहवा, ३० मंसिर ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस भैरहवा, रुपन्देहीको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्ववियू भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेले बताए ।
शुक्रबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको न्यौपानेले जानकारी दिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह विष्टले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रगतिशिल प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष शंकर पन्थी, सहायक क्याम्पस प्रमुख बाबुराम काफ्ले, प्राध्यापक अरुणा तिवारी, शिक्षिका राधा भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
स्ववियु भैरहवा बहुमुखी क्याम्पसका उपाध्यक्ष सुनिल खनालको स्वागत तथा सचिव सनि कलवारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij