२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

जीवनको लक्ष्य प्राप्त गर्न सकारात्मक सोच आवश्यक : मन्त्री पाण्डेय

शनिवार , मंसिर ३०, २०८०

भैरहवा, ३० मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जीवनको लक्ष्य प्राप्त गर्न सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । उनले सकारात्मक सोच नै विश्वका लागि सबैभन्दा चुनौति भएको बताए ।

शुक्रबार श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको ६८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव समारोहमा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले श्री रुपन्देही लीलाराम न्यौपाने माविले गुणस्तरीय शिक्षा प्रदान गरेको र यो विद्यालयलाई नमूना बनाउन आवश्यक बजेट विनियोजन गरिने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले राजनीति क्षेत्रमा रहेका व्यक्तिहरु पाँच वर्षका लागि निर्वाचित हुने भएकाले यो पद निमित्त हुने बताए । उनले भने, ‘हामी पाँच वर्षको लागि निर्वाचित हुन्छौं । राम्रो काम गर्न सके पुनः जनताबाट नविकरण हुन्छौं । गर्न नसके पुनः फिर्ता हुन्छौं । तर शिक्षकशिक्षिकाहरु सेवानिवृत्त नभएसम्म शिक्षित समाज बनाउन लागिपर्नुहुन्छ । ’

विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेर धेरै कुरा सिकाउन सफल भएको उनको भनाइ छ । भगवान बुद्धको पवित्र भूमिमा रहेकाले बुद्धका उपदेशहरुलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।