२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

लुम्बिनी प्रदेश प्रमुखद्वारा आधिभारामा निर्माण हुने पुलको शिलान्यास

शुक्रवार , मंसिर २९, २०८०

  • 997
    Shares
  • 997
    Shares
  • रुपन्देही, २९ मंसिर ।  
    म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सीमाना भएर बग्ने रितुुङ खोलामा निर्माण हुने पुुलको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिलान्यास गरेका छन् ।  

    गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुुलको लुुम्बिनी प्रदेशका प्रमुुख अमिक शेरचनले शिलन्यास गरे । हाल चितवन बसोबास गर्दै आएका प्रदेश प्रमुख शेरचनको जन्मथलो मालिका गाउँपालिकाको वडा नम्बर–४ ओखरवोट हो ।

    शिलान्यासपछि प्रदेश प्रमुख शेरचनले गुणस्तरमा कुुनै सम्झौता नगरी निर्धारित समयमै काम पूूरा गर्न निर्माण व्यवसायी र सम्बद्ध कार्यालयका प्राविधिकहरुलाई निर्देशन दिए । स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुलाई आफ्नो गाउँठाउँमा भित्रिएका योजनाको नियमित अनुुगमन, निरीक्षण, सहजीकरण र समन्वय गर्न अनुुरोध गरें । 
    प्रदेश प्रमुुख शेरचनले म्याग्दीको बेनी–दरवाङ–सोलेडाँडा–तमानखोला – बुर्तिवाङ सडक स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गको बागलुुङ खण्डको विकल्प बनाउने प्रयास गरेको बताए । 

    अदिभारा दरवाङ–डाडागाउँ–सोलेडाँडा–तमानखोला सडक अन्तरर्गत पर्छ । यो पुुलबाट मालिका गाउँपालिकाको २, ३, ४ नम्बर वडाका साथै बागलुुङको ताराखोला, तमानखोला गाउँपालिका र आसपासका क्षेत्रका वासिन्दा लाभान्वित हुुनेछन् । 

    पुल निर्माणका लागि बिमए कोण्डा जेभी ९ जोइन्ट भेञ्चरसँग गत असोज अन्तिम साता रु. ४ करोड १० लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुु पौडेलले बताए ।  
    पुल निर्माणका लागि रु. ५ करोड ४  लाख ३७ हजार लागत अनुुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

    निर्माण व्यवसायीले पहिलो चरणमा पुुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् । यसअघिका दुई आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भए पनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन् । 

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गत जेठमा बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको बताए ।  

    मन्त्री जुुग्जालीका अनुुसार प्रदेश सरकारको लगानीमा अदिभारादेखि औला–डाडागाउँ–किटिनी–सोलेडाँडा–तमानखोला सडक स्तरोन्नतिको तयारी भएको छ । चालुु आर्थिक वर्षमा रु २ करोड बजेट बिनियोजन भएको सो सडकका लागि रु. १० करोड बजेट बराबरको बहुुबर्षिय ठेक्का लगाउन छनौट भएको मन्त्री जुुग्जालीले बताए  ।  
    अदिभाराको पुुलको लागि आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० मा रु ५०/५० लाख विनियोजन भएको थियो । चालुु आर्थिक वर्ष २०८०/०८१ मा रु एक करोड ५० लाख विनियोजन भएको छ ।  

    अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २, ३ र ४ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो । मालिका–३ का वडाअध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताए । 

    पुुल शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, गण्डकी प्रदेशका पूर्व कृषिमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मन्त्री चन्द्र बहादुुर बुुढा (सागर), मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, वडा नम्बर ४ का अध्यक्ष भिजेन्द्रमान पुुन, कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका पालिका अध्यक्ष अनुुप गौचन, कार्यपालिका सदस्य देवी पटेल लगायतको उपस्थिति रहेको थियो । 

    मालिका गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष उदय बुुढाथोकीले स्वागत गरेको कार्यक्रम सञ्चालन वडा नम्बर ३ का अगुुवा लालबहादुुर घतानेले गरेका थिए ।