२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

जनमत पार्टीका सचिव यादव भन्छन्–महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्छ 

मंगलवार , मंसिर १९, २०८०

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १९ मंसिर ।
    जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सवले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् । उनले मेला-महोत्सव मनोरञ्जनका लागि मात्रै नभइ यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर ६ गतेदेखि सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को सोमबार समापन कार्यक्रममा सचिव यादवले महोत्सवले देशको विकासमा पनि सहयोग पुग्ने बताए ।

    उनले उद्योग व्यापार संगठन, रुपन्देहीले विषम परिस्थितिमा मेलाको आयोजना गरेको बताए । उनले भने, ‘उद्योगी–व्यवसायी पीडित छन् । उद्योग व्यवसाय सञ्चालन गर्न ग्राहो भइरहेको छ । समस्या समाधानका लागि सम्बन्धित निकायमा धाइरहेका छन् । तर, सम्बन्धित निकाय मौन छन् । सरकार मौन छ। ’

    उद्योग व्यापार संगठन, रुपन्देहीका सल्लाहकार समेत रहेका यादवले मेला–महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । महोत्सवले राम्रो सन्देश दिएको उनको भनाइ छ ।