२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

बुटवलस्थित कान्ति माविको नतिजा उत्कृष्ट 

मंगलवार , माघ २०, २०७७

  • 8.0K
    Shares
  • 8.0K
    Shares
  • बुटवल, २० माघ । 
    सोमबार प्रकाशित कक्षा १२ को नतिजा अनुसार कान्ति माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फ अंकिता गैरेले सबैभन्दा बढी अंक ३.९२ जीपीए प्राप्त गरेकी छन् ।साथै आशुतोष ढकालले ३.८६ जीपीए तथा कृषा श्रेष्ठले ३.८५ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले जानकारी दिए । व्यवस्थापन संकायतर्फ आयुषा खातीले ३.९२ जिपिए प्राप्त गर्न सफल भएको प्राचार्य ज्ञवालीले बताए । ज्ञवालीका अनुसार कान्ति माबिबाट यस वर्ष कक्षा १२ को परीक्षामा ६ सय ५ जना परिक्षार्थी सम्मिलित भएका थिए। 

    राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल अनुसार कुल ४ लाख २१ हजार ७ सय ८९ जना परीक्षार्थी विभिन्न श्रेणीमा उत्तीर्ण भएका छन् । गत शैक्षिक सत्र २०७६ अन्तर्गत सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्द भएको परिक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ७ महिनापछि गत मंसिरमा मात्र भएको थियो ।