images

शनिवार, बैशाख १५ गते २०८१

‘पर्यटकलाई रकम ल्याउने सीमा तोकिँदा समस्या’

‘पर्यटकलाई रकम ल्याउने सीमा तोकिँदा समस्या’

images
images
images
मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • ‘पर्यटकलाई रकम ल्याउने सीमा तोकिँदा समस्या’

    नेपालमा विभिन्न किसिमका पर्यटकीय गन्तव्यहरु रहेका छन् । पर्यटन क्षेत्रको चलायमानले देशको आर्थिक अवस्था समेत बलियो बन्दै जान्छ । लुम्बिनी प्रदेशमा पनि विभिन्न किसिमका पर्यटकीय क्षेत्रहरु रहेका छन् । लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना, चुनौती, अवसरहरु, सरकार र निजी क्षेत्रबाट गर्नुपर्ने कामको बारेमा  होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलसँग खबरपात्रोले गरेको कुराकानीको सम्पादित अंश :

    images

    लुम्बिनी प्रदेशमा पर्यटनको सम्भावना कस्तो देख्नुहुन्छ ?
    लुम्बिनी प्रदेशमा पर्यटनको धेरै सम्भावना छ । स्थलमार्ग हुँदै धेरै विदेशी पर्यटक बेलहिया नाका हुँदै प्रवेश गर्छन् । आन्तरिक पर्यटनको हिसाबले लुम्बिनी प्रदेश झन अगाडि छ । रुपन्देहीको लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, पाल्पाको सिद्धबाबा, श्रीनगर, भैरवस्थान, अर्घाखाँचीको सुपा देउराली, पाणिनी तपोभूमि, गुल्मीको रुरुक्षेत्र, मालिका, रेसुंगा, प्यूठानको स्वर्गद्वारी, दाङको धारापानी, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकीय स्थल लुम्बिनी प्रदेशमा छन् ।

    अहिले हामीमाझ रहेका मुख्य चुनौतीहरु के हुन् ?
    पर्यटन क्षेत्रमा सम्भावनासँगै विभिन्न चुनौतीहरु पनि छन् । बेलहिया नाकाको सडक व्यवस्थित हुन सकेको छैन । भन्सारका कर्मचारीको व्यवहार, अध्यागमनमा झण्झटिलो प्रक्रिया, पर्यटक भुलाउने वातावरण बन्न नसकेको, लुम्बिनी आएका पर्यटक त्यसै दिन फर्किने गरेको लगायतका समस्या रहेको विभिन्न कार्यक्रममा गुनासो सुन्दै आएका छौं । पर्यटन क्षेत्रको विकासका लागि सरकारले खासै ध्यान दिन सकेको छैन । भैरहवामा १५ मिनेट पनि पर्यटकलाई भुलाउने ठाउँ छैन ।

    आर्थिक मन्दीका कारण घुमफिरमा खर्च गर्न नसक्ने अवस्था छ, यस्तो अवस्थामा निजी क्षेत्रले सरकारको मुख हेरेर बसेको अवस्था छ, पर्यटन कसरी चलायमान बनाउनुपर्छ ?
    पर्यटन क्षेत्रलाई चलायमान बनाउन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउनुपर्छ । विमानस्थल सञ्चालनमा आउन सके मात्र यहाँ बढी भन्दा बढी विदेशी पर्यटकको आवागमन हुन्छ । भैरहवामा डण्डा कोरिडोर बनाउनुपर्छ । पर्यटकको बसाई लम्बाउने वातावरण बनाउनुपर्छ ।

    मन्दीको कारण देखाउँदै व्यवसायीले सामान्य अवस्थामा भन्दा झन् धेरै मूल्य लिने गरेको र सेवाको स्तर पनि खस्किएको गुनासो सुनिन्छ । यसमा यहाँको धारणा के छ ?
    गुणस्तरमा कमी भए जस्तो लाग्दैन । एउटा÷दुईवटा राजमार्ग क्षेत्रका होटलले गल्ती गरे भन्दैमा सबैलाई दोष दिनु उचित हुँदैन । अहिले त महंगी बढेको छ । खाद्यान्न सामग्रीको पनि मूल्य बढेको छ । भन्सार छलेर अवैध रुपमा आउने सामानलाई नियन्त्रण गर्नुपर्छ । सम्बन्धित निकायले तदारुकताका साथ अनुगमन गर्नुपर्छ ।

    पर्यटकीय स्थलहरुको प्रचारप्रसार र ती स्थलहरुसम्म पुग्ने यातायातकै समस्या छ, यसको समाधान कसरी हुन्छ ?
    वर्षातमा केही समय हुन्छ । तर, यातायातकै समस्या छ जस्तो मलाई लाग्दैन । उदाहरणका लागि सुपा देउराली मन्दिर, स्वर्गद्वारी मन्दिर र रेसुंगासम्म पुग्ने यातायातको व्यवस्था छ । पर्यटकलाई नेपालमा घुमाउन सकेसम्म नेपाली सवारीसाधन सञ्चालन गर्न सके नेपालका यातायात व्यवसायीलाई पनि राहत हुन्थ्यो जस्तो लाग्छ ।

    पर्यटकलाई खुशी बनाउन र बसाइ लम्बाउनका सरकारले कुनै योजना ल्याएन भन्ने गुनासो निजी क्षेत्रको छ, तपाईसँग के योजना छन्, कसरी र कहिलेसम्म कार्यान्वयनमा लैजानुहुन्छ ?
    पर्यटकको बसाइ लम्बाउन पर्यटकलाई भुलाउने वातावरण बनाउनुपर्छ । भारु २५ हजार भन्दा बढी रकम नेपालमा ल्याउन नदिदा पर्यटकले चाहेजति खर्च गर्न सकेका छैन । वास्तवमा भन्ने हो भने नेपाल आउने पर्यटकलाई रकम ल्याउने सीमा तोकिदा समस्या भएको छ । रकमको सीमा तोक्दा नेपालमा सञ्चालित क्यासिनोमा आउने पर्यटकलाई खर्च गर्न समस्या भइरहेको छ । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij