२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

मणिराम भट्टराईको निधनमा शोकसभा

मंगलवार , माघ २०, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २० माघ ।
    रुपन्देहीका प्रगतिशिल प्राध्यापक तथा बुद्धिजीवी, रुपन्देही क्याम्पसका पूर्व क्याम्पस प्रमुख मणिराम भट्टराईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै किम इल सुङ्ग किम जोङ्ग इल पुस्तकालयले सोमबार भैरहवामा शोकसभा गरेको छ । उक्त शोकसभामा भट्टराईको निधनबाट युगान्तकारी बुद्धिजीवी गुमाएको भन्दै दिवगत आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो ।

    कार्यक्रममा संविधानसभा सदस्य आदित्य नारायण कसौधन, साहित्यकार विजय सागर श्रेष्ठ, डिल्लीराज भट्टराई, डा. गितु गिरी, नारायण प्रसाद सापकोटा लगायतले बोल्दै स्वर्गीय मणिराम भट्टराईको यस क्षेत्रमा साहित्यिकर पुस्तकालयको व्यवस्थापनमा महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।  प्राध्यापक डा. कपिलदेव लामिछाने सभापतित्व शोकसभा सम्पन्न भएको थियो ।