२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

जिजु–बाजेले प्रयोग गरेका सामाग्री संरक्षण गर्न संग्राहलय स्थापना

मंगलवार , माघ २०, २०७७

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • अर्घाखाँची, २० माघ ।
    नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व सभापति निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४ वाङ्गलामा स्थापना भएको बैकुण्ठपुरी संग्राहलयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुडा तथा प्रयोग गर्ने सामानहरु राखिएको छ ।

    पहिले जिजु–बाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामाग्रीहरु कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोहि पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, ओखल, ठिकी, काठको चम्चा जातो विभिन्न जातका विरुवा लगायत दर्जनौं वस्तुहरु राखिएको छ । यी यस्ता सामाग्रीको संमरक्षमणमा लागेको निमबहादुर रिजालको भनाइ छ ।

    संग्राहलयमा पानी आउदा ओड्ने सिउ, धर्मशालामा राखीएको आरी, डाला, तमाखु खादा प्रयोग गरीने हुक्का बाँसको काइयो पुराना टेप, रेडियोे, भजनमा गाउन प्रयोग गरिने खैजडी लगायतका सामाग्री राखिएको छ । अहिले सोही संग्राहलय हेर्न दैनिक करिव १०० जना आउने गरेको बताइएको छ । पुराना र लोभ हुने अवस्थाका सामाग्री देख्दा नयाँ पुस्ताले यस्ता सामाग्री देख्दा निकै अनैठो लाग्ने गरेको स्थानीय युवा लक्ष्मण खड्काको भनाइ छ ।144953917_188800079661793_6103813006683969359_n.jpg

    गाउँघरमा कतै कतै भेटिने यस्ता सामाग्री पुर्खाले आफ्ने सिप र ज्ञानबाट बनाएका बैकुण्ठपुरी संग्राहलय संरक्षणको लागी स्थानीय, प्रदेश र संघीय सरकारले यसको संरक्षणमा लाग्नुपर्ने देखिन्छ ।