
बुधवार , कार्तिक २२, २०८०
रुपन्देही, २२ कार्तिक ।
द्वन्द्वपीडितलाई परिपुरणमार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा बुटवलमा भएको द्वन्द्व पीडित तथा सीमान्तकृत व्यक्तिहरूका साझा सवाल माथि सरोकारवाला निकायसँग अन्तरक्रियामा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसीले द्वन्द्वपीडितका आवाज आफुले सदनमा उठाउने बताइन् । द्वन्द्व पीडितका समस्यालाई साझा समस्याका रूपमा लिनुपर्ने बताउँदै युवा स्वरोजगार कार्यक्रममा जोडनुपर्ने उनले बताइन् । उनले ऐन नीति निर्माण बनाउँदा द्वन्द्वपीडितलाई प्राथमिकता दिने बताइन् ।
कार्यक्रममा बोल्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यो पीडा सदाका लागि अन्त्य हुने गरी सबै लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले हरेक समुदायका अधिकारका लागि प्रयास गर्दै आएको बताउँदै अहिले नागरिकताको समस्या समाधानमा सरकारले केही काम गरेको भन्दै द्वन्द्वबाट पीडितलाई नागरिकताको बारेमा सम्बोधन गरेको बताए ।
कार्यक्रममा मानव अधिकार आयोगका दीपक ठाकुर, मानव अधिकारका लागि महिला एकल महिला समूह लुम्बिनी अध्यक्ष जानुका घिमिरे, सचिव रिता सेन लगायतले बोलेका थिए । कार्यक्रममा अमृता अनमोलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij