२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

युसीएमएस विद्यार्थी आन्दोलन : अन्तत: पदमुक्त भइन् प्राचार्य पाठक

मंगलवार , कार्तिक २१, २०८०

भैरहवा, २१ कार्तिक । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले प्राचार्य डा. लक्ष्मी पाठकलाई पदमुक्त गरेको छ ।

विगत एक महिनादेखि आन्दोलनरत विद्यार्थीले प्राचार्य पाठकलाई पदमुक्त नगर्दासम्म आन्दोलन नरोक्ने अडान राखेपछि अन्ततः अस्पताल प्रशासनले पाठकलाई पदमुक्त गरेको छ । प्राचार्य पाठकलाई पदमुक्त गर्ने सहमतिपछि विभिन्न माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले आन्दोलन स्थगित गरेका छन्  ।

सोमबार युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को अध्यक्षतामा बसेको बैठमा आन्दोलनरत विद्यार्थी र युसीएमएस प्रशासनबीच ६ बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा  प्राचार्य डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने उल्लेख गरिएको छ ।

कबम.jpg
अस्पताल प्रशासन र आन्दोलनरत विद्यार्थीबीच भएको सहमति पत्र

आन्दोलनका कारण अस्पतालबाट सञ्चालन हुने सेवाहरु बन्द भएका थिए । जसका कारण बिरामीहरु मर्कामा परेका थिए र अस्पतालको सेवा समेत प्रभावित भएको थियो ।

युसीएमएस प्रशासन तथा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भइ अस्पताल र कलेज मंगलबारदेखि पूर्ण रुपमा सुचारु भएको युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले बताए ।