
मंगलवार , कार्तिक २१, २०८०
भैरहवा, २१ कार्तिक ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र यहाँ आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ । विभिन्न माग राख्दै विगत एक महिनादेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण अस्पतालबाट सञ्चालन हुने सेवाहरु बन्द भएका थिए । जसका कारण बिरामीहरु मर्कामा परेका थिए र अस्पतालको सेवा समेत प्रभावित भएको थियो ।
युसीएमएस प्रशासन तथा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भइ अस्पताल र कलेज मंगलबार (आज) देखि पूर्ण रुपमा सुचारु भएको युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले बताए ।
यस अवधिमा उठेका समस्यालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि समन्वय तथा सहकार्य गरिदिनुहुने सबैमा अस्पताल प्रशासन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ, ‘प्रमुख कार्यकारी अधिकृत पि.एस.द्वारा जारी सूचनामा उल्लेख छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij