२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने

सोमवार , कार्तिक २०, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

    सोमवार विराटनगरस्थित प्रदेश सभा भवनमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । उनले सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रुपमा प्रदेश सभा बैठकमा बस्ने निर्णय भएको बताए ।

    एमालेका ३९ जना प्रदेश सांसदहरुको र्समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । एमालेले समर्थन फिर्ता लिने बित्तिकै मुख्यमन्त्री केदार कार्कीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था रहेको थियो । गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबाट प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएपछि असन्तुष्टि जनाउदै एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो ।