२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लुम्बिनीका गृहमन्त्री पाण्डेयको निर्देशन-उपचारमा कमी हुन नदिनू

आइतवार , कार्तिक १९, २०८०

भैरहवा, १९ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । आइतबार बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरुलाई भेट्दै गृहमन्त्री पाण्डेयले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । 

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. पवनजंग रायमाझीले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनुभएको मन्त्री पाण्डेको सचिवालयका जैनुद्दीन देवानले बताए ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री पाण्डेयको नेतृत्वमा उद्धार टोली शनिबार जाजरकोट पुगेको हो । मन्त्री पाण्डेयले आइतबार भुकम्पप्रभावित क्षेत्रको स्थगलगत निरीक्षण गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।