२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सागर थारुको उपचारका लागि लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा सहयोग

सोमवार , माघ १९, २०७७

भैरहवा, १९ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आर्थिक अवस्था कमजोर भएका विरामीलाई सहयोग गरेको छ । क्लबले माघ ३ गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत कपिलवस्तुका जिनुवाका २६ वर्षिय सागर थारुलाई नगद ३२ हजार ७ सय रुपैयाँ प्रदान गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष अरुण कुमार मिश्राले बताए ।

क्लबले सागरको श्रीमती आशा थारुलाई अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ता, युसीएमएसका प्रशासन संयोजक तेज के.सी., क्लबका द्वितीय उपाध्यक्ष गौतम गुप्ता, सचिव राजन शुक्ला, कार्यक्रम संयोजक रबिन्द्र प्रताप गुप्ता, लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यसमिति सदस्य पुनहरि बेल्बासे, लायन्स सिद्धार्थनगर गौतमबुद्धका सदस्यहरु आकाश चौधरी, अनिल कुमार गुप्ता, विसन गुरुङ, दुर्गेश जैसवाल (भोला) लगायतको उपस्थिति रहेको थियो ।

टाउकोमा पानी जमेपछि सागरको उपचार युसीएमएसको आइसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको सञ्चारकर्मी पुनहरि बेल्बासेले बताए ।