२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

रोटरी बुटवलको तेस्रो क्लब एसेम्बली सम्पन्न

शनिवार , कार्तिक १८, २०८०

  • 829
    Shares
  • 829
    Shares
  • बुटवल, १८ कार्तिक ।
    रोटरी क्लब अफ बुटवलको १४ सय ८५ औं नियमित बैठक एवं तेस्रो क्लब एसेम्बली शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष करुण खनालको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लब एसेम्बली रहेको थियो । बैठकमा क्लबका सचिव तारानाथ भट्टराईले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । 

    बैठकमा एजी सुरज क्षेत्रीले क्लब एसेम्बली एजेण्डा अगाडि बढाएका थिए । बैठकमा क्लब एडमिन्स्ट्रेशन कमिटी चेअर मणिरत्न पाण्डेले क्लव मेम्बरसीप कमिटीका तर्फबाट हालसम्मको प्रगति विवरण पेश गरेका थिए भने पब्लिक रिलेशन स्ट्याण्डिङ कमिटी चेअर दया भण्डारी, द रोटरी फाउन्डेशन कमिटी चेअर खिमनारायण पराजुली, सर्भिस प्रोजेक्ट कमिटीका तर्फबाट शिवकुमार ज्ञवालीले आ–आफ्नो कमिटीको प्रगति विवरण प्रस्तुत  गरेका थिए ।

    त्यसअवसरमा क्लवका एजी सुरज क्षेत्रीले रोटरी क्लब अफ बुटवलका विभिन्न कमिटीले गरेको काम प्रभावकारी रहेको भन्दै डिसेम्बरमा हुने डिजी भिजिटमा रोटरी क्लब अफ बुटवलका तर्फबाट प्रभावकारी कार्ययोजना प्रस्तुत गर्ने गरी तयारी गर्नुपर्ने बताएका थिए ।

    बैठकमा रोटरीयनहरु अजयमान श्रेष्ठ, लालहरि पाण्डेलगायतले पनि आफ्नो धारणा राखेका थिए । बैठकले जाजरकोट, रुकुम पश्चिम लगायतका ठाउँमा भुकम्पले ठूलो धनजनको क्षति पुर्याएको भन्दै मृतकहरुप्रति शोक प्रस्ताव पारित गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै बैठकमा अध्यक्ष करुण खनालले भुकम्पप्रभावित क्षेत्रमा क्लबको तर्फबाट छिट्टै नै राहत सामग्री पुर्याउने प्रतिवद्धता जनाएका थिए ।