२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

विभिन्न पार्टी परित्याग गरी ८८ जना राप्रपामा प्रवेश

सोमवार , माघ १९, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, १९ माघ ।
    विभिन्न पार्टी परित्याग गरी ८८ जना युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा देवदह नगर कार्यसमितिद्वारा आयोजना गरिएको झण्डोतोलन र चुनाव चिन्ह अनावरण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य लाल बहादुर ठकुरीसहित ८८ जना युवा राप्रपामा प्रवेश गरेका हुन् । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री निरञ्जन थापा लगायतले पार्टीमा प्रवेश गराए ।

    राप्रपा नगर कार्यसमितिका अध्यक्ष माधव रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कार्यसम्पादन समिति सदस्यत्रय प्रदीप उदय, कैलाश गुरुङ, ताहिर अली, केन्द्रीय सदस्यद्वय गंगाराम जैसवाल, तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।