२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

भूकम्पमा परी घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन दिदैनौ : स्वास्थ्यमन्त्री बस्नेत

शनिवार , कार्तिक १८, २०८०

  • 817
    Shares
  • 817
    Shares
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा हिजो भूकम्पमा परेर घाइतेको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोलीको व्यवस्था गर्ने बताएका हुन् ।

    उनले स्थानीय स्तरमा उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्ने जिकिर गरे । बस्नेतले आफू स्वास्थ्य मन्त्रीभएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकोले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमि नगर्ने जिकिर गरे ।

    मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए।