२०८२, चैत्र १५ गते

Mar 29 2026 | २०८२, चैत्र १५ गते

भूकम्पमा परि नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु

शनिवार , कार्तिक १८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाण्डौं । मध्यरातमा गएको भूकम्पमा परि नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन भएको छ ।

    नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    गएराती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।