
शनिवार , कार्तिक १८, २०८०
रुपन्देही, १८ कात्तिक ।
नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा शनिबार (आज) लागि आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ ।
जाजरकोटलाई केन्द्र बनाइ गएराति गएको भुकम्पले ठूलो धनजनको क्षति गरेपछि एमाले रुपन्देहीले पूर्वनिर्धारित चियापान कार्यक्रम स्थगित गरेको हो ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ती जारी गर्दै शोकको यस घडीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिए । विज्ञप्तीमा भुकम्पमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै विज्ञप्तीमा भुकम्पमा परेर घाइते भएकाहरुको प्रभावकारी उद्धार र राहतका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij